बचत संकलन
मन्थली
सहकारी संस्थामा आफना
सदस्यहरुले विभिन्न प्रकारका बचत खाताहरु मार्फत रकम जम्मा गर्न सकिनेछ
। बचतको ब्याज दर वार्षिक ७ प्रतिशत देखि १२ प्रतिशत सम्म रहेको छ ।
ऋण लगानी
मन्थली सहकारी संस्थामा सदस्यहरुले विभिन्न प्रयोजन तथा उद्देश्यका लागि तोकिएको शर्तमा साँवा–ब्याज बुझाउने गरी ऋण लिन सकिनेछ । ऋण लिनका लागि सदस्यले आफ्नो वा आफ्नो एकाघर वा आफ्नो तीनपुस्ते भित्रको स्वामित्वमा रहेको घर–जग्गा धितो दृष्टि बन्धक राख्नु पर्नेछ । ऋण लिनका लागि मन्थली सहकारी संस्थाको सदस्य भएको अवधि न्यूनत्तम ३ महिना पुगेको हुनु पर्नेछ । ऋण प्रयोजनको उद्देश्य ब्याज दर वार्षिक १३ प्रतिशत देखि १६ प्रतिशत सम्म रहेको छ ।
रेमिट्यान्स सेवा
मन्थली
सहकारी संस्थामा विदेशबाट तथा स्वदेशबाट रकम पठाउन सकिने रेमिट्यान्स्
सेवा शुभारम्भ गरेको छ । जसबाट स्वदेश तथा विदेशी मुलुकहरुबाट पठाएको
रकम रामेछाप जिल्लामा यस सहकारी संस्था मार्फत् आफना सदस्य एंव
रामेछापवासीले जिल्लाभित्र रकम प्राप्त गर्न सकिनेछ । यो रेमिट्यान्स
सेवाका लागि मन्थली सहकारी संस्था हिमाल रेमिट तथा सिटी एक्सप्रेम मनी
ट्रान्सफरसंग आवध्द भएको छ । स्वदेश तथा विदेशबाट रामेछाप जिल्लामा रकम
पठाउनका लागि सम्बध्द मुलुकहरुको जानकारी लिन हिमाल रेमिट तथा सिटी
एक्सप्रेस मनी ट्रान्सफरको तलको वेवसाइटमा क्लिक गर्नुहुन अनुरोघ छ ।
स्वास्थ्य उपचार शुल्कमा छुट
मन्थली सहकारी संस्थाद्वारा
प्रर्वद्धित तामाकोशी अस्पताल (साविकको नाम तामाकोशी सहकारी अस्पताल)
मा वहालवाला सदस्यहरुले स्वास्थ उपचार गरेबापत लाग्ने सेवा शुल्कमा १५
प्रतिशत छुटको व्यवस्था गरिएको छ । विगतमा वार्षिक रु. ३,०००।– सम्मको
निःशुल्क उपचार व्यवस्था हुँदै आएको सो को वैकल्पिक व्यवस्थापनको रुपमा
हाल १५ प्रतिशत छुटको व्यवस्था लागू गरिएको छ । उपचार शुल्क छुटको नयाँ
व्यवस्था अनुसार सदस्यहरुले तामाकोशी अस्पताल जतिसुकै रकम बराबरको
उपचारमा १५ प्रतिशत रकम छुट सुविधा रहेको छ । विगतमा रु. ३,०००।– नाघेको
अवस्थामा सदस्यहरुले सम्पूर्ण उपचार रकम व्यहोर्नु पर्ने अवस्था रहेको
छ । नयाँ व्यवस्थापन अनुसार साउन १, २०७६ देखि सदस्यहरुले मन्थली सहकारी
संस्थामा सदस्य स्वास्थ्य बीमा बापत वार्षिक बुझाउनु पर्ने रु. २००।–
रकम अव उप्रान्त बुझाउनु पर्ने छैन । उपरोक्त छुटको व्यवस्था सदस्य
स्वंय विरामी भएको अवस्थामा मात्र उपलब्ध हुनेछ । सदस्यका परिवारका
अन्यको हकमा छुट सुविधा उपलब्ध हुने छैन । सदस्यलाई एम्बुलेन्स प्रयोगमा
१० प्रतिशत छुट रहेको छ ।
सदस्य मृत्यु काजक्रिया खर्च
मन्थली सहकारी संस्थाका बहालवाला सदस्यहरुको मृत्यु हुने अवस्थामा मृत्य संस्कार खर्च स्वरुप परिवारका सदस्यलाई रु. २०,०००।– काजक्रिया खर्च उपलब्ध गराइनेछ । यसका लागि सदस्यले मन्थली सहकारी संस्थामा आफू सदस्य भएको अवधिदेखि नियमित रुपमा तोकिए बमोजिम मासिक बचत गर्देआइरहेको हुनु पर्नेछ । अन्यथा उक्त काजक्रिया बापतको रकम परिवारका सदस्यलाई दिइने छैन ।
मासिक बचत सम्बन्धी आधारभूत नियम
– मासिक न्यूनत्तम बचत रु. २००।– अनिवार्य गर्नुपर्ने ।
– मासिक बचत प्रत्येक महिनाको १० गते सम्ममा बुझाउनु पर्ने ।
– मासिक बचत अग्रिम रुपमा पनि बुझाउन सकिने ।
उपचार छुट सम्बन्धी आधारभूत नियम
– मासिक न्यूनत्तम बचत रु. २००।– अनिवार्य गर्नुपर्ने ।
सदस्य मृत्यु राहत सम्बन्धी आधारभूत नियम
– मासिक न्यूनत्तम बचत रु. २००।– अनिवार्य गर्नुपर्ने ।
मोबाइल बैंकिङ सेवा
मन्थली सहकारी संस्थाका सदस्यकालागि आधुनिक डिजिटल मोबाइल बैंकिङ सेवा उपलब्ध छ ।