स्थापना
मन्थली बचत तथा
ऋण सहकारी संस्था लि. (मन्थली साकोस) २०५४ साल माघ २० गते जिल्ला सहकारी
कार्यालय काठमाडौंमा दर्ता भई रामेछाप जिल्ला कार्यक्षेत्र रहेको
वित्तीय संस्था रहेको छ। । यस
संस्थाको कार्यक्षेत्र रामेछाप जिल्लाभरी रहेको छ,
जस अन्तर्गत २ नगरपालिका तथा ६ वटा गाउँपालिका गरी जम्मा ६४ वटा वडाहरु
रहेका छन् । तामाकोशी सेवा समितिका
कर्मचारीहरु तथा स्वंयसेवहरुको सहभागितामा यस मन्थली साकोसको स्थापना
भएको हो ।
परिकल्पना
मन्थली साकोसको परिकल्पना “सन्तुष्ट सदस्य, दीगो तथा नेतृत्वदायि वित्तीय सहकारी” रहेको छ ।
ध्येय
मन्थली साकोसको ध्येय “सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित नीति, विधि एवम् प्रविधि प्रयोग गरी युवा सहभागिताको सुनिश्चितता सहित वित्तिय तथा गैर वित्तिय सेवा मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर उठाउने” रहेको छ ।
उद्देश्य
मन्थली साकोसको मुख्य
उद्देश्य रहेको छ – सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एंवं
वातावरणीय समुन्नतिका लागि स्वनियन्त्रित संस्थाको रुपमा विकास गरी
सदस्यहरुलाई नियमित रुपमा बचत गर्ने बानी बसाल्न उत्पे्ररित गरी संकलित
रकमबाट उनीहरुकै इच्छा, चाहना र सीप अनुसार आयआर्जनका लागि ऋण प्रवाह
गरी सदस्यहरुको जीवनस्तर उकास्ने कार्यहेतु आधुनिक प्रविधिको अवलम्वन
गर्दै वित्तिय अनुशासन कायम राखी समुदायका सदस्यहरुलाई यथोचित लाभ
प्रदान गरी सहकारी संस्कृतिको समुन्नयनमा समेत सहयोग पुर्याउने ।
देश–विदेशबाट रकम पठाउन रेमिट्यान्स्
मन्थली सहकारी संस्थाले विदेशबाट तथा स्वदेशबाट रकम पठाउन सकिने रेमिट्यान्स् सेवा संचालन गरेको छ । जसबाट स्वदेश तथा विदेशी मुलुकहरुबाट पठाएको रकम रामेछाप जिल्लामा यस सहकारी मार्फत् आफना सदस्य एंव रामेछापवासीले जिल्लाभित्र रकम प्राप्त गर्न सकिनेछ । रेमिट्यान्स सेवाका लागि मन्थली सहकारी संस्था हिमाल रेमिट, सिटी एक्सप्रेम मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्ट संग आवध्द भएको छ । स्वदेश तथा विदेशबाट रामेछाप जिल्लामा रकम पठाउनका लागि सम्बध्द मुलुकहरुको जानकारी लिन तलको वेवसाइटमा क्लिक गर्नु हुन अनुरोध छ ।
Himal Remit
https://himalayanbank.com/himalremit/
City Express Money Transfer
Prabhu Management Pvt. Ltd.
https://www.prabhumanagement.com/पौष ३०, २०८२ सम्मको वित्तिय झलक
|
रकम (ने.रु.) |
|
|
शेयर पूँजी |
९,०२,४७,१००   |
|
बचत निक्षेप |
१,०५,६७,१८,०४४   |
|
ऋण लगानी |
८४,७०,७४,३८६   |
|
कूल सम्पत्ति |
१,३८,९६,९८,७०८   |
|
तरलता रकम |
३४,०३,९४,९७३   |
|
तरलता प्रतिशत |
३२ प्रतिशत   |
|
कुल संस्थागत पूँजी |
४,७३,५४,०२४   |
|
जगेडा कोष |
३,४२,५०,६६९ |
|
अन्य कोषहरु |
१,६८,०२,३६२   |
|
कुल शेयर सदस्य संख्या |
१४,२९४ जना |
|
बाल बचतकर्ता संख्या |
३,३२१ जना |
|
कुल ऋणी संख्या |
७५२ जना |
वित्तिय प्रगति तालिका
(१) आ.व. २०५४–५५ र आ.व. २०८१–८२ को अवस्था
(२) वार्षिक सदस्यता बृध्दि अवस्था
(३) वार्षिक संस्थागत नाफा अवस्था
मन्थली सहकारी एक्सेस् ब्राण्डिङ कार्यक्रममा सहभागिता



