• मन्थली साकोसको २७ औं वार्षिकोत्सव/स्थापना दिवस आयोजना (२० माघ, २०८०)

  • रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका तथा मन्थली उपत्यका

  • मन्थली साकोस तथा तामाकोशी अस्पताल अवस्थित तामाकोशी सेवा समितिको स्वामित्व रहेको भवन

  • मन्थली सहकारीको कार्यालय तथा सदस्यहरु आर्थिक कारोवार गर्दे

  • विभिन्न क्लष्टर कार्यक्षेत्रमा संचालित २६ औं वार्षिक साधारण सभा (असोज २०–२७, २०८०)

  • २६ औं वार्षिक साधारण सभाको सु–अवसरमा उत्कृष्ट महिला तथा पुरुष बचतकर्ता सदस्यहरु सम्मानित

  • कार्यक्षेत्र अन्तर्गत विभिन्न विद्यालयहरुमा संचालित बाल वित्तिय साक्षरता कार्यक्रम तथा खुत्रुके बचत शुरुवात

  • कार्यक्षेत्र भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्त्वकला प्रतियोगिता

  • नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुबीच सहकारी अन्तक्रिया कार्यशाला गोष्ठी

  • मन्थली साकोस कर्मचारी व्यवस्थापन टिम

बचत संकलन

मन्थली सहकारी संस्थामा आफना सदस्यहरुले विभिन्न प्रकारका बचत खाताहरु मार्फत रकम जम्मा गर्न सकिनेछ ।
 

ऋण लगानी

मन्थली सहकारी संस्थामा सदस्यहरुले विभिन्न प्रयोजन तथा उद्देश्यका लागि तोकिएको शर्तमा मासिक रुपमा साँवा–ब्याज बुझाउने गरी ऋण लिन सकिनेछ । ऋण लिनका लागि सदस्यले आफ्नो वा आफ्नो एकाघर वा आफ्नो तीनपुस्ते भित्रको स्वामित्वमा रहेको घर–जग्गा धितो दृष्टि बन्धक राख्नु पर्नेछ । ऋण लिनका लागि मन्थली सहकारी संस्थाको सदस्य भएको अवधि न्यूनत्तम ३ महिना पुगेको हुनु पर्नेछ ।

 

रेमिट्यान्स सेवा

मन्थली मन्थली सहकारी संस्थाले विदेशबाट तथा स्वदेशबाट रकम पठाउन सकिने रेमिट्यान्स् सेवा संचालन गरेको छ । जसबाट स्वदेश तथा विदेशी मुलुकहरुबाट पठाएको रकम रामेछाप जिल्लामा यस सहकारी मार्फत् आफना सदस्य एंव रामेछापवासीले जिल्लाभित्र रकम प्राप्त गर्न सकिनेछ । रेमिट्यान्स सेवाका लागि मन्थली सहकारी संस्था हिमाल रेमिट, सिटी एक्सप्रेम मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्ट संग आवध्द भएको छ ।

 

स्वास्थ्य उपचार शुल्कमा छुट

मन्थली सहकारी संस्थाद्वारा प्रर्वद्धित तामाकोशी अस्पतालमा वहालवाला सदस्यहरुका लागि स्वास्थ्य उपचार शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सदस्यहरुले तामाकोशी अस्पताल जतिसुकै रकम बराबरको उपचार शुल्कमा उक्त छुट सुविधा रहेको छ । उपरोक्त छुटको व्यवस्था सदस्य स्वंय विरामी भएको अवस्थामा मात्र उपलब्ध हुनेछ । सदस्यका परिवारका अन्यको हकमा छुट सुविधा उपलब्ध हुने छैन । साथै मन्थली साकोसका सदस्य लगायत अन्य जो सुकैलाई पनि औषधीमा ५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

 

सदस्य मृत्यु काजक्रिया खर्च

मन्थली सहकारी संस्थाका बहालवाला सदस्यहरुको मृत्यु हुने अवस्थामा मृत्य संस्कार खर्च स्वरुप परिवारका सदस्यलाई रु. २०,०००।– काजक्रिया खर्च उपलब्ध गराइनेछ । यसका लागि सदस्यले मन्थली सहकारी संस्थामा आफू सदस्य भएको अवधिदेखि नियमित रुपमा तोकिए बमोजिम मासिक बचत गर्देआइरहेको हुनु पर्नेछ । अन्यथा उक्त काजक्रिया बापतको रकम परिवारका सदस्यलाई दिइने छैन ।

 

सदस्य दुर्घटना बीमा

दुर्घटनाका कारण सदस्यको मृत्यु भएका नीजको परिवारलाई सम्बन्धित बीमा कम्पनीको तर्फबाट रु. १,००,०००।– बीमा रकम उपलब्ध गराइनेछ ।

 

मन्थली एटिएम कार्ड

मन्थली एटिएम कार्डको प्रयोगबाट सदस्यहरुले रामेछाप लगायत अन्यत्र स्थानहरुमा विभिन्न बैंकको एटिएम मेशिनबाट तत्काल रकम झिक्न सकिनेछ ।

मासिक बचत सम्बन्धी आधारभूत नियम

– मासिक न्यूनत्तम बचत रु. २००।– अनिवार्य गर्नुपर्ने ।

– मासिक बचत प्रत्येक महिनाको १० गते सम्ममा बुझाउनु पर्ने ।
– मासिक बचत अग्रिम रुपमा पनि बुझाउन सकिने ।
 

उपचार छुट सम्बन्धी आधारभूत नियम

– मासिक न्यूनत्तम बचत रु. २००।– अनिवार्य गर्नुपर्ने । 

 

सदस्य मृत्यु राहत सम्बन्धी आधारभूत नियम

– मासिक न्यूनत्तम बचत रु. २००।– अनिवार्य गर्नुपर्ने ।

 

मोबाइल बैंकिङ सेवा

मन्थली सहकारी संस्थाका सदस्यकालागि आधुनिक डिजिटल मोबाइल बैंकिङ सेवा उपलब्ध छ । मोबाइल बैङिक एप्स्को प्रयोगबाट सदस्यहरुले आफ्नो एच्छिक खाताको कारोवार विवरण हेर्न सकिनेछ । साथै सोही खाताबाट विभिन्न अनलाइन भुक्तानी तथा कारोवार समेत गर्न सकिनेछ ।